७ कार्तिक २०८३, शनिबार

वायुसेवा निगमको जहाजको इन्जिन स्टार्ट नहुँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airbus Nepali

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीका लागि उडान भर्न तयार थियो । जहाजमा १ सय २२ जना यात्रु सिट बिल्ट बाँधेर बसेका थिए ।

‘ककपिट’ भित्र रहेका कमान्डर युवराजकुमार (वाइके) भट्टराई र को–पाइलट नरबहादुर (एनबी) विश्वकर्मा जहाज उडाउन तयारी अवस्थामा बसेका थिए । जब दुई पाइलटले जहाजको इन्जिन स्टार्ट गर्न खोजे, भएन । ‘के भयो ?’ क्षण भरमै थाहा भयो – जहाजको बायाँ इन्जिन स्टार्ट भए पनि दायाँ इन्जिन स्टार्ट भएको थिएन ।
चालकदलले फेरि प्रयास गरे, दाया इन्जिनले काम गरेन । उनीहरुले आधाघन्टासम्म भरमग्दुर प्रयास गरे तर केही सीप लागेन । त्यसपछि जहाजका इन्जिनियरहरुलाई जानकारी दिइयो र पुनः स्टार्ट गर्ने अर्को प्रयास भयो । उनीहरुको पनि केही पनि लागेन । गन्तव्य पुग्न आतुर यात्रु जहाजभित्र आक्रोशित थिए । सबैलाई सम्झाइ बुझाइ गरेर बाहिर निकालेर चालकदल ककपिटबाट बाहिर आए । जहाज मर्मतमा इन्जिनियरहरु लागे ।

यो घटना सोमबार दिउँसो ४ बजे त्रिभुवन विमानस्थलको हो । वायुसेवा निगमको १ सय ९० सिट क्षमतायुक्त र कलसाइन ‘९ एन –एसिए’ भएको ‘बि ७५७’ सिरिजको जहाज काठमाडौंबाट दिल्ली जाने नियमित तालिकाअनुसार उडान भर्ने तयारीमा थियो । यो जहाज अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको हो । निगमले यो जहाज खरिद गरेको करिब ३० वर्ष भइसकेको छ । नागरिक दैनिकमा खबर छ ।