१ कार्तिक २०८३, शनिबार

२८ वर्षपछि शाहरुख खान कलेज फर्किदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

srk-in-hansaraj-college

मुम्बई । बलिउड बादशाह शाहरुख खान मंगलबार २८ वर्षपछि कलेज फर्किएका छन् । उनी आफूले किशोर अवस्थामा अध्ययन गरेको विद्यालय पुगेका हुन् । जहाँ उनलाई भव्य स्वागत गरियो । उनी पढ्न भने कलेज गएका होइनन् ।

दिल्लीमा रहेको आफू पढेको हंसराज कलेज पुगेर उनले हजारौ फ्यानकाबीच आफ्नो आगामी चलचित्र ‘फ्यान’को नयाँ गीत सार्वजनिक गरे ।

कलेज छाड्दा सामान्य युवक मात्र रहेका शाहरुख २८ बर्षपछि विश्वकै चर्चित सुपरस्टार बनेर कलेज पुगे । उनलाई हजारौं फ्यानले स्वागत गरे । बेलुकी ६ बजे साहरुख आउने भनिएपनि १२ बजेदेखि नै फ्यानको भीड लागेको थियो । साहरुखलाई हेर्ने हंसराजको मैदानमा उपस्थित हजारौ फ्यान बाहेक सडकमा पनि ठूलो भिड लागेको थियो ।

अप्रिल १५ मा प्रदर्शनमा आउने फिल्म फ्यानमा एउटा मात्र गीत समावेश छ, जसलाई ‘फ्यान एन्थम’ भनिएको छ । चलचित्रमा साहरुख दोहोरो भूमिकामा देखिएका छन् ।

गीत विमोचनको अवसरमा हंसराज कलेजले २८ बर्षपछि कलेज फर्किएका शाहरुखलाई स्नात्तोकतरको सर्टिफिकेट पनि प्रदान गरेको थियो । बलिउडमा स्थापित हुने क्रममा मुम्बई गएपछि शाहरुखले पढाई बीचमै छाडेका थिए ।

हेर्नुस् कलेजमा विमोचन गरिएको गीतः