१ कार्तिक २०८३, शनिबार

फुटबल खेलाडीले खेल मैदानमै गोली हानेर गरे रेफ्रीको हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Messi2

काठमाडौं, ५ फागुन । कुनै पनि खेलमा रेफ्रीलाई गुरु मानिन्छ । तर, यहाँ एक फुटबल खेलाडी खेल मैदानमै गोली हानेर रेफ्रीको हत्या गरेका छन् ।

समाचार अनुसार यो घटना अर्जेन्टिनाको हो । जहाँको राष्ट्रिय टिमबाट विश्वकै चर्चित फुटबलर लियोनल मेस्सीले खेल्ने गर्छन् । अर्जेन्टिनालाई फुटबलको घर पनि मानिन्छ ।

यसै देशका एक फुटबल खिलाडीले खेलका क्रममा रातो कार्ड देखाएपछि आक्रोशित हुँदै रेफ्रीमाथि मैदानमै गोली हानेका हुन् ।

खेलाडीको चार गोली खाएका ४८ वर्षीय रेफ्री सीजर फ्लोरेसको सेन्ट्रल कर्डोबा शहरको एक मैदानमा मृत्यु भएको छ । उनको हत्यापछि हत्यारा फरार छन् । प्रहरीले अभियुक्त खेलाडीको खोजी गरिरहेको छ ।