१ कार्तिक २०८३, आइतबार

मसुरो प्रशोधन तथा बजारीकरण उद्योगको शिलान्यास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Masuro-udyoge-kailali

– लक्ष्मीप्रसाद जैशी
बौनिया, ५ फागुन । कैलालीको लम्की चुहा १५ पिपरौवामा मसुरो उत्पादन, प्रशोधन तथा बजारीकरण उद्योगको शिलान्यास गरिएको छ ।

साना तथा मझौला आयस्तर बृद्धि आयोजनाका निर्देशक गोकर्णराज अर्यालले एक कार्यक्रमकाबीच बुधबार आज उद्योगको शिलान्यास गरेका हुन ।

कैलाली जिल्लामा मसुरोको उत्पादन, प्रसोधन तथा बजारीकरण गरी विदेश निर्यात गराउने उद्येश्यले सेवक नेपालको प्राविधिक सहयोगमा सरस्वति एग्रो इण्डष्ट्रीज उपआयोजनाले उद्योग सञ्चालनमा ल्याउन लागको उप आयोजनाका संयोजक सरस्वति देवी कुँवरले बताउनुभयो ।

नेपाल सरकारको साना तथा मझौला आयस्तर बृद्धि आयोजनाको करिब अनुमानित ४ करोड ६६ लाख ५० हजार ४ सय ९४ रुपैया ९४ पैसाको कुल लागतमा उद्योग सञ्चालन हुन लागेको हो ।

मसुरो उत्पादन, प्रशोधन तथा बजारीकरण उद्योगको लागि २ करोड ३६ लाख २५ हजार ९ सय ४७ रुपैया ६५ पैसा सरस्वति एग्रो इण्डष्ट्रीजको लगानी र २ करोड ३० लाख २४ हजार ५ सय ४७ रुपैया १८ पैसा सरकारको कृषि व्यवसायको अनुदान बाट सञ्चालनमा ल्याईने इण्डष्टीजका प्रबन्धक पुरन जैशीले जानकारी दिए ।

मसुरो उत्पादन, प्रसोधन तथा बजारीकरण उप आयोजनाले पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम गत महिना सम्पन्न गरिसकेको छ ।