
काठमाडौं, ४ फागुन । भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणका क्रममा त्यहाँको राष्ट्रपति भवनमा बसोबासको प्रबन्ध मिलाउँने भएको छ ।
भारतको नाकाबन्दी र मधेस आन्दोलनपछिको अवस्थामा नेपालसँग सम्बन्ध सुधार्न चाहेको सन्देश दिन ओलीलाई उच्च सम्मान दिन लागेको देखिन्छ । यता प्रधानमन्त्रीको भ्रमण दलमा ४६ जना सहभागी हुने देखिएको छ ।
एकिन टुंगो अझै लागेको छैन । भ्रमण दलमा कमल थापा, परराष्ट्र सचिव शकर वैरागी, शिष्टाचार महापाल रमेश खनाल, भारत महाशाखा हेर्न सहसचिवहरु प्रकाशकुमार सुवेदी र ताराप्रसाद पोख्रेल, उपसचिव भरतकुमार रेग्मीलगायत सातजना सहभागी हुनेछन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्ण रिमाल, विदेश मामिल विज्ञ गोपाल खनाल, पैस सल्लाहकार प्रमोद दाहाल, विभिन्न दलका सांसद लगायत रहनेछन् ।अन्नपूर्ण पोस्टमा समाचार छ ।















प्रतिक्रिया