
काठमाडौं । गायक तथा नायक बाबु बोगटीले नायिका नम्रता श्रेष्ठको सुन्दरताको प्रशंसा कतिसम्म गर्न सक्दारहेछन् भन्ने बुझ्ने हो भने एउटा म्यूजिक भिडियो हेरे पुग्छ ।
‘पाउजुले छुनछुनाउन तिमीबाटै सिकोस’ बोलको एउटा गीतमा बाबु र नम्रताको जोडी खुबै खुलेको छ ।
रत्न सुब्बाको स्वर तथा संगीतमा तयार भएको गीतलाई संचारकर्मी सुरज श्रेष्ठले निर्देशन गरेर ‘स्लो मोसन’ शैलीमा भिडियोमा उतारेका छन् ।
भिडियो रोमान्टिक शैलीमा छायाकंन गरिएको छ । हरि हुमागाईले छायाकंन गरेको भिडियोलाई उज्वल ढकालले सम्पादन गरेका छन् ।
सौरभ तिम्सिनाले शब्द दिएको गीतमा एउटा प्रेमीले प्रेमिकाको भरपुर प्रशंसा गर्न भ्याएको छ । भिडियोमा बाबुले नम्रताको प्रशंसा गरेरै पूर्णता दिएका छन् ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया