१ कार्तिक २०८३, शनिबार

यी हुन् सलमान खानकी गर्लफ्रेन्डसँग सम्बन्ध राखेर अपपत्र बनाउने नायक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-khan-katrina-kaif-776x400मुम्बई । बलिउड स्टार सलमान खानका प्रेम प्रसङ्ग र उनले मच्चाएका उदण्डताको लामो सूची बन्न सक्छ । उनले दिएका राम्रा फिल्महरूले सलमानका नराम्रा कामलाई ओझेलमा पार्ने गरेको छ ।

केटीको मामिलामा अलिक कमजोर मानिने सलमानले फिल्मका थुप्रै अभिनेत्रीलाई आफ्नो नजिकको गर्लफ्रन्ड बनाए । र विभिन्न कारणले ती अभिनेत्रीहरूले सलमानलाई छाडे । संगीता विजलानी, ऐश्वर्या राय, जहरिन खान आदि उनका एक्स गर्लफ्रेन्ड हुन् । यसमध्ये सलमानले अत्याधिक धेरै माया ऐश्वर्या रायलाई गर्ने गरेको जनाइन्छ ।

ऐश्वर्याले सलमानलाई छाडेपछि कैटरीना कैफसँग सम्बन्ध बढेको समाचारमा उल्लेख छ । कैटरीनालाई पनि सलमानसँग अर्का नायक रणबीर कपुरले चोरेर लगेको आरोप छ । तर अहिले रणबीर र कैटरीनाको ब्रेकअप भइसकेको छ ।

कैटरीना र रणबीरबीचको ६ सालसम्म चलेको सम्बन्ध अहिले छैन । उनीहरू दुबै अलग अलग भएका छन् । राम्रोसँग बोलचाल नै छैन ।

कैटरीना कैफ सलमान खानसँग हुँदा पनि रणवीर कपुरसँग डेटिङ्मा जाने गरेको रहस्य बाहिर आएपछि सलमान रिसाएका थिए । उनले कैटरीनालाई सार्वजनिक रुपमै गाली पनि गरेका थिए ।

मिडिया रिपोर्टस पत्रिकाका अनुसार सलमान खानले रणवीर र कैटरीना कैफबीच सम्बन्ध रहेको थाहा पाएर रिसको आवेगमा मध्य रात कैटरीनाको घरमा पुगेर धम्काएका थिए । यो विषय सन् २००९ को हो ।

कैटरीनालाई भेट्दा मदिरा सेवन गरेर मातेका सलमानले भनेका थिए, ‘कैटरीना तिमी रणबीर सिंहसँग सम्बन्धन नराख । डेटिङमा पनि नजाउ । किन भने रणबीरले एकदिन तिम्रो भावना तोडिदिनेछ ।’

समाचार अनुसार सलमान खान कैटरीनाविरुद्ध जथाभावी बोलेका थिए । पछि उनले कैटरीनालाई सम्झाएर रणबीर कपुरलाई छाड्न भनेका थिए । ‘मलाई छाडेर रणबीर कपुरसँग लागेकी छेउ । पछि तिमी पछुताउने छौ’, सलमानले भनेको यो कुरा अहिले कैटरीनालाई घाँटी लागेको छ । एजेन्सी