काठमाडौं, ५ फागुन । मंगलबार सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले २३ वर्षयताकै खराब प्रदर्शन गरेको छ । भारतको गुवाहाटी र सिलोङमा भएको सागमा नेपालले ३ स्वर्ण मात्रै जित्यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
पदक तालिकाको छैटौं स्थानमा खुम्चियो । ३८६ खेलाडीले भाग लिएको नेपाली टोली इतिहासकै जम्बो पनि थियो । नेपालले १९९३ को सागमा १ स्वर्ण, ६ रजत र १५ कांस्य जितेको थियो ।
त्यसयताका सागमा नेपालले आफ्नो उपस्थिति बलियो बनाउँदै लाग्यो । १९९५ को सागमा ४ स्वर्ण जितेको नेपालले १९९९ मा काठमाडौंमा आयोजना भएको आठौँ सागमा ३२ स्वर्ण हात पारेको थियो ।
नवौँ सागमा ७ र दसौँमा १५ स्वर्ण जितेको नेपालले ६ वर्षअघि ढाकामा भएको एघारौँ सागमा ८ स्वर्णसहित ३६ पदक जितेको थियो ।















प्रतिक्रिया