७ कार्तिक २०८३, शनिबार

अखिल महाधिवेशनमा १६ सय प्रतिनिधि, ७ सय उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akhil-2-660x330काठमाडौं, ५ फागुन । अनेरास्ववियुको २२औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुने भएको छ । अध्यक्षमा संस्थापन पक्षकी नवीना लामा र नेता माधवकुमार नेपाल पक्षका दीपक गौतमबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

अध्यक्ष, महासचिवसहित १९ सदस्यीय पदाधिकारी, ४१ सदस्यीय सचिवालयसहित एक सय ४१ सदस्यीय केन्द्रीय समिति, एक सय ४६ सदस्यीय राष्ट्रिय परिषद् सदस्य र ४५ सदस्यीय तीन आयोगमा प्यानल बनाएरै उम्मेदवारी परेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रचारका क्रममा दुई समूहबीच झडप

अध्यक्षका प्रत्याशी गौतम र महासचिवका प्रत्याशी ऐन महरका प्रचारकबीच मंगलबार केहीबेर झडप भयो । प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको थियो । झडप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै निर्वाचन आयोगले प्रचारमा रोक लगाएर महाधिवेशन स्थल वरपर सुरक्षा बढाएको छ ।

आठ पेजको मतपत्र

उम्मेदवारको संख्या ठूलो भएकाले मतपत्र छपाइमा धेरै समय लागेको छ । सात सय  उम्मेदवारको नाम राखेर आठ पेजको मतपत्र छपाइ भइरहेको छ ।

प्रतिनिधिमध्ये झन्डै आधा उम्मेदवार

सुरुमा सार्वजनिक गरिएको १५ सय ४३ प्रतिनिधिको संख्या बढेर १५ सय ९७ पुगेको छ । दुवै पक्षले आधा–आधा संख्या बाँड्ने गरी विवाद मिलाउँदा संख्या बढेको हो । तीमध्ये सात सय प्रतिनिधिले त उम्मेदवारी नै दर्ता गराएका छन् ।