काठमाडौं, ४ फागुन । रोजगारीको प्रलोभनमा जापान पठाएर साढे ११ लाख रुपैयाँ ठगी गर्ने एक कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्रेको छ ।
गोरखा घर भई काठमाडौंको गंगबुको आरडीसी ऐजुकेशन कन्सलटेन्सी प्रालिका सञ्चालक ३७ वर्षीय सोमराज घलेलाई जागिरको प्रलोभनमा जापान पठाएर ११ ठगेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
घलेले गोरखा हंसपुर–१ घर हुने गणेश अधिकारीलाई जापानमा वर्किङ्ग भिषामा चाउचाउ कारखानामा आर्कषक तलबमा काममा लगाई दिने भन्दै प्रलोभन देखाएर ११ लाख ५० हजार रुपैयाँ लिएर ठगेको अनुसन्धानमा खुल्न आएको अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार घलेले साढे ११ लाख लिएर अधिकारीलाई जापान पठाएको र जापान गई सकेपछी काम पाउनुको सट्टा करिव १ महिना त्यहाँको जेलमा परेका थिए । त्यसपछि आफ्नै खर्चमा नेपाल फर्किएका अधिकारीले आफू ठगिएको र विदेश पठाएर अलपत्र पारेको सूचना प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए ।
उनको उजुरीपछि महाशाखाको टोलीले सोमबार घलेलाई गंगबुबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको छ ।












प्रतिक्रिया