१५ कार्तिक २०८३, आइतबार

अमेरिकन पेस्तोलसहित जनकपुरमा यादव पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-Us

धनुषा, ४ फागुन । अमेरिकन हतियारसहित धनुषामा दुई जना पक्राउ परेका छन् ।

जनकपुर उपमहानगरपालिका–१२ बस्ने ३५ बर्षीय रमेश प्रसाद यादव र सवैला–३ बस्ने १४ बर्षीय दिपेश कुमार यादवलाई प्रहरीले युसएए लेखेको पेस्तोल १ थान, म्याग्जीनमा लोड गरेको गोली २ राउण्ड र कटुवा पेस्तोल १ थान सहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

उनीहरुलाई प्रहरीले आइतबार जनकपुर उपमहानगरपालिका–४ बाट उक्त हतियारसहित पक्राउ गरी सोधपुछ गर्दा रमेश प्रसाद यादवको घरमा कटुवा पेस्तोल रहेको बताएपछि खटिएको प्रहरीले सोमबार घर तलासी गर्दा यादव सुत्ने कोठामा लुकाई राखेको कटुवा पेस्तोल १ थान, स्पास्मो प्रोक्सिभन ६ क्याप्सुल, नाईट्रोभट ४ ट्याव्लेट समेत बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।