७ कार्तिक २०८३, शनिबार

भारतले ग्यास आपूर्तिमा किन अबरोध गरिरहेको छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ४ फागुन । भारतको नाकाबन्दी खुलेको साता वितिसक्दा पनि बजारमा खाना पकाउने ग्यास आपूर्ति हुन सकेको छैन । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाटै मागअनुसार ग्यास बुलेट लोडिङ नभएको हो ।

नाकबन्दीको बजार अभाव हटाउन सामान्य दिनभन्दा दोब्बर परिमाणमा ग्यास आयात आवश्यक भए पनि ५० प्रतिशत मुस्किलले लोडिङ भएका छन् । आपूर्ति परिमाण बढ्दै गए पनि नाकाबन्दी अघिको जति ग्यास आयात हुन सकेको छैन । कारोबार दैनिकले समाचार छापेको छ ।

सामान्यतया महिनामा ३० हजार टन हाराहारीमा ग्यास आउँछ । नाकाबन्दी खुलेपछि शनिबार र आइतबार भारतमा विदा परेका कारण ग्यास लोड हुन सकेनन् ।

राजधानीका लागि सामान्यतया ७० बुलेट ग्यास आवश्यक पर्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे बताउँछन् ।