७ कार्तिक २०८३, शनिबार

अपांगता भएका युवायुवतीले यसकारण धेरै यौनसाथी बनाउँछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sexकाठमाडौं, ४ फागुन । अपांगता भएका ४२ प्रतिशत युवायुवतीको एकभन्दा बढी यौनसाथी रहेको अध्ययनले देखाएको छ ।

अपांगता भएका युवाको यौन तथा प्रजनन स्वास्थ्यका विषयमा मेरिस्टोप्स नेपालले गरेको अध्ययनले १५ देखि ३० वर्ष उमेरका अपांग युवायुवतीले एकभन्दा बढीसँग शारीरिक सम्पर्क राख्ने गरेको देखाएको समाचार नागरिक दैनिकले छापेको छ ।

अध्ययनमा एक भन्दा बढी यौन साथी भएका उक्त समूहका ११ प्रतिशत अपांग युवायुवतीको पहिलो सम्पर्क दबाबका भरमा भएको पाइएको छ ।

मेरिस्टोप्स क्लिनिकले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा उपत्यकाका तीनसहित ६ वटा जिल्लाका अपांगता भएका युवायुवतीबीच अध्ययन गरेको थियो ।

परिषदले समेत गत वर्ष जनवरी र फेब्रुअरीमा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, कास्की र पर्सा जिल्लामा अध्ययन तथा तथ्यांक संकलन गरेको प्रमुख अनुसन्धानकर्ता रामचन्द्र गैरेले जानकारी दिए ।

अध्ययनकाक्रममा विवाहअगाडि प्रेममा पर्ने तथा विवाहितले समेत एकभन्दा बढीसँग यौनसम्पर्क राख्ने गरेको भेटिएको छ ।