१ कार्तिक २०८३, शनिबार

राजधानीमा अज्ञात समूहद्धारा सोमालियाका पूर्व रक्षामन्त्रीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bom-blast

मोगादिसु, ३ फागुन । सोमालियाको राजधानी मोगादिसुमा सोमबार कार बम विस्फोट गराएर अज्ञात समूहले यहाँका पूर्व रक्षामन्त्रीको हत्या गरेको छ ।

विस्फोटको सोमबार अबेरसम्म कसैले जिम्मेवारी लिएको छैन ।

उक्त क्षेत्रमा अलकायदासँग सम्बद्ध सेबाब विद्रोहीले विगतमा पनि विस्फोट गराउने गरेको र यस घटनामा सेबाबकै संलग्नता रहेको हुनसक्ने सरकारकोे आशंका छ ।

सन् २००८ मा रक्षामन्त्रीका रुपमा काम गर्नुभएका मुहिद्दिन चढेको कारको चालकको सिट मुनि राखिएको विस्फोटक पदार्थ पड्किँदा उहाँको तत्कालै निधन भएको प्रहरी अधिकृत इब्राहिम मोहमदले बताउनुभयो ।

घटनामा अर्को एक जना घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।

सेबाब अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको सोमालियाली सरकारविरुद्ध सङ्घर्षरत् समूह हो ।

यसैबीच सोमबार नै दक्षिणी सोमालियाको विकट हिमाली क्षेत्रमा सैनिक युद्धक विमान विस्फोट भएको बताइएको छ ।

सेबाब लडाकूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा भएको दुर्घटनाग्रस्त विमानको भग्नावषेशलाई विद्रोहीले एउटा गाडीमा राखी अन्यत्र लगेको स्थानीय प्रत्यक्षदर्शी अबुधलाही मुहिद्दिनले बताए ।

उक्त क्षेत्र अमेरिकी युद्धक विमानबाट गोलाबारी गरी कैयौँ सेबाब विद्रोहीको ज्यान गएको इलाका हो । रासस/एएफपी