१ कार्तिक २०८३, शनिबार

साग फुटबलः उपाधिका लागि नेपाल र भारतबीच खेल जारी (हेर्नुस् लाइभ भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football

काठमाडौं, ३ फागुन । १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले भारतको सामना गरिरहेको छ ।

खेलमा नेपालले भारतविरुद्ध दुई गोल गर्दै अग्रता लिएको छ । नेपालका लागि प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरेका छन् । नेपालको २ गोल तथा भारतको १ गोल छ ।

====

यसअघि पहिलो हाफमा नेपालविरुद्ध भारतले एक गोल गरेको छ । खेलको ३१ औं मिनेटमा भारतका हलिरचण नर्जर्यले पेनाल्टीमा गोल गरेका हुन् ।

====

भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा नेपाली समयानुसार अहिले साँझ ७ः१५ बजे सुरु भएको खेल जितेमा नेपाल १७ वर्षपछि उपाधिको हकदार हुनेछ । नेपालले सन् १९८४ मा घरेलु मैदानमा भएको पहिलो सागमा र १९९३ मा बङ्गलादेशमा भएको प्रतियोगितामा स्वर्ण पदक जितेको थियो । त्यतिबेला नेपालले क्रमशः बङ्गलादेश र भारतलाई अन्तिममा हराएको थियो । नेपाल आज भारतलाई हराउँदै स्वर्ण जितेर इतिहास दोहो¥याउन चाहन्छ ।

नेपाली प्रशिक्षक राजुकाजी शाक्यले पनि उपाधि बाहेक अन्य नतिजा अस्वीकार्य रहने सङ्केत गरिसकेका छन् । खेलअघिको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “हाम्रा खेलाडी जित्ने मनोबलका साथ मैदानमा उत्रनेछन् ।” नेपालले दुई पटक यस प्रतियोगितामा रजतमा चित्त बुझाएको छ । सन् १९८७ मा भारतले नेपाललाई हराएर उपाधि जितेको थियो भने १९९९ मा घरेलु मैदानमा भएको आठौँ साफमा नेपालले बङ्गलादेशलाई ०–१ ले नतिजा सुम्पिएको थियो ।

शनिबार भएको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४–३ गोलअन्तरले हराउँदै अन्तिममा पुगेको हो भने भारतले सेमिफाइनलमा बङ्गलादेशलाई ३–० ले पाखा लगाएको थियो ।

त्यसैगरी समूह चरण अन्तर्गत समूह ‘बी’मा रहेको नेपालले भुटानलाई ५–० ले हराएको थियो भने बङ्गलादेशसँग १–२ ले नतिजा सुम्पिँदै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । साथै समूह ‘ए’ को उपविजेता भएर चित्त बुझाएको भारतले माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो भने श्रीलङ्कासँग ०–१ को हार व्यहोरेको थियो ।

यसअघि आजै भएको महिलातर्फको उपाधि भिडन्तमा भारतले नेपाललाई ४–० ले पराजित गरेको छ ।

हेर्नुस् भिडियो:

https://www.youtube.com/watch?v=RjELW9_dIUA