१ कार्तिक २०८३, आइतबार

एमालेको डेलिगेसनपछि धमाधम खुले मोरङका पेट्रोल पम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

petrol pump ma line– सुमन घिमिरे
मोरङ, ३ फागुन । झण्डै ५ महिनादेखि इन्धन आपूर्ति असहज भएको पूर्व क्षेत्रमा दुई साताभित्रमा पूर्ववत अवस्थामा आउने भएको छ ।

आयल निगम क्षेत्रीय कार्यालयले आपुर्ती सहज बनाउनका लागि लागि परेको जनाएको छ । भारतको अघोषित नाकाबन्दी खुलेलगत्तै राजधानीका पेट्रोल पम्प खुलेसँग आपुर्ती सहज भएपनि मोरङमा इन्धन सहज नभएको भन्दै सोमवार विहान डेलीगेसनमा गएको नेकपा एमाले मोरङको टोली समक्ष आयल निगम क्षेत्रीय कार्यालयका प्रमुख भुवन रेग्मीले १५ दिन भित्रमा इन्धन सहज हुने बताउनुभयो ।

पूर्व क्षेत्र वाहेकका पेट्रोल पम्पहरु खुल्ला भएपनि विराटनगर लगायतका स्थानहरुमा अझैपनि पेट्रोल पम्प खुल्न नसकेको वारे एमाले अध्यक्ष महेश रेग्मी नेतृत्वको टोलीले क्षेत्रीय प्रमुख भुवन रेग्मी समक्ष प्रष्ट पार्न माग गरेको थियो । सबै पेट्रोल पम्पहरुलाई मंगलवारदेखि खुल्ला राख्नका लागि निर्देशन दिईएको उहाँले वताउनुभयो ।

भारतको अघोषित नाकाबन्दीसँगै जिल्ला प्रशासन कार्यालय मोरङसँगको समन्वयमा मात्र वितरण गर्दै आएको कुपन प्रणाली पनि सोमवारदेखि खारेज गरिएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयको समन्वय विना नै अव इन्धन वितरण हुने उहाँले वताउनुभयो । इन्धन सहज रुपले आपुर्ती भईरहेकाले १५ दिन भित्रमा सहज पार्ने गरि लागि परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आयल निगममा अहिले २८ लाख लिटर डिजेल र ५ लाख लिटर पेट्रोल मौज्दात छ ।

एलपी ग्याँस पनि करिव तीन साता भित्रमा सहज हुने सहायक प्रवन्धक नविन पोखरेलले जानकारी दिनुभयो । २० दिन भित्रमा सहज बनाउने तर्फ निगम लागेको उहाँले वताउनुभयो । आधा सिलिण्डर ग्याँस प्रणाली पनि चाँडै हटाईने उहाँले वताउनुभयो ।

एमाले मोरङ अध्यक्ष महेश रेग्मीले संवन्धित निकायले अनुगमन नगर्दा वेथिति वढेको वताउनुभयो । आपुर्ती सहज बनाउनका लागि आगल निगमको उहाँले ध्यानकर्षण गराउनुभयो ।