१ कार्तिक २०८३, शनिबार

साइप्रस पुगेका ‘राई इज किंग’लाई युवतीहरुले घेरा हालेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali dhamaka 13

साइप्रस । आइतबार साइप्रसमा रहेका नेपालीहरुको चहलपहल बिहानैदेखि सुरु भएको थियो । साइप्रसको धेकिया, निकोसिया, पारालिम्नी, लिमासोल, पाफोस, लार्नाका लगायतका सहरहरुको चोकचोकमा राखिएका सिटीबसहरुबाट साइप्रसको लिमासोल स्थित सेन्ट जर्ज हलको प्रांगणमा १० बजे देखी नै नेपालीहरु आ–आफ्नो नेपाली पहिरनमा सजिसजाउ भएर जम्मा भएको देखिन्थ्यो ।

सोनाम ल्होशारको अवसर पारेर आयोजना गरिएकोले तामांग भेषमा महिलाहरुको उल्लेखनिय उपस्थिति रहेको थियो भने त्यसै दिन भ्यालेंटाइन डे पनि परेकोले केहि युवा– युवती सजिसजाउ भएर आएका देखिन्थे ।

nepali dhamaka 9

सोनाम ल्होशार तथा भ्यालेंटाइन डे को अवसरमा त्यहि माथि आइतबारको सार्वजनिक बिदा परेको उक्त दिन नेपालबाट प्रथम पटक आएका चर्चित गायक राजेशपायल राई र मौसमी गुरुङको आगमनले पनि बिशेष दिन रहेको थियो साइप्रसका नेपालीहरुलाई । कमै मात्र जमघट हुने साइप्रसका नेपालीहरुको जमघट आइतबार ‘नेपालिज धमाका २०१६’ मा उल्लेखनीय देखिन्थ्यो ।

साइप्रसको स्थानीय समय अनुसार बिहान ११ः३० बाट नेपाली रास्ट्रिय गानबाट सुरु भएको नेपालिज धमाका २०१६ को सुरुवात स्थानीय कलाकारको नृत्य बाट सुरु भएको थियो । त्यसलगतै चर्चित गायिका मौसमी गुरुङ ‘चोरेर लग्यो यो मन कतै’ भन्दै स्टेजमा देखा परिन । च्यान्ग्बा होइ च्यान्ग्बा, कान्छी है कान्छी, शितल शितल, लगायत विभिन्न चर्चित गीतहरु गाएर उनले करिब एक घण्टा आफ्ना गीतको तालमा भरपुर मनोरंजन दिंदै सबैलाई नचाउन सफल भईन ।

nepali dhamaka4

तिमीसंग जिउने मर्ने चाहना छ मेरो –नाइँ नभन्नु ल, नाइँ नभन्नु ल भन्दै स्टेजमा आएका राई इज किंग – राजेश पायल राईले माहोललाई करिब २ घण्टा सम्म तताएका थिए ।

अर्को जुनी जुनी भेट होला कि नहोला, फुलै फुलको मौसम, मैना राजा मैना रानी, फैलियो माया दुबोसरी, सागर सरि चोखो माया, मोहनी लाग्ला है, धरान धनकुटा भेडेटार, दर्शन नमस्ते, सेन्टारम लगायतका आफ्ना करिब डेढ दर्जन गीतहरु लगातार गाएका राई इज किंगको प्रत्येक प्रस्तुतिमा दर्शकहरुको उत्तिकै झुम्मिएका थिए । उनी गाउँदा गाउँदै स्टेजमा चढेर उनीसंगै नाच्ने तथा सेल्फी लिनेहरु तथा रातो गुलाफ दिने युवतीहरुको भिडलाई सम्हाल्न आयोजक तथा सेकुरिटी गार्डहरुलाई हम्मे – हम्मे परेको थियो ।

nepali dhamaka 12

राजेशपायल राई स्टेजबाट निस्केपछि पनि बाहिर निस्कन उनलाई करिब आधा घण्टा नै लागेको थियो । उनी बाहिरसम्म युवतीहरुको घेरामा परेका थिए । युवती तथा महिला प्रंसशकहरुबाट राई इज किंगलाई फुत्काउन आयोजकलाई निक्कै अफ्ठेरो परेको देख्न सकिन्थ्यो ।
एनआरएन साइप्रसका अध्यक्ष सुभास मल्लको अतिथ्यमा सम्पन्न कार्यक्रमको उद्घोषण सुरेन ताम्लिंग लिम्बुले गरेका थिए ।

ब्रिटिश गोर्खा फेमिली साइप्रसका सुरेश कुमार परियार, सुरेन्द्र तम्लिंग, गौतम गुरुङ, गोबिन्द सिरिश, जुग प्रसाद जुग्जेली, भिमराज गुरुङ को संयुक्त आयोजनामा तथा सिल्भर इन्टरटेनमेन्ट, नेपालको ब्यस्थापनमा आयोजना भएको ‘नेपालिज धमाका –२०१६’ लेस साइप्रसमा धमाका नै गरेकोमा मक्ख देखिन्थे आयोजक कमिटिका सदस्यहरु । कार्यकर्ममा आउनुभएका दर्शकहरुले करिब ६ घण्टा चर्चित सेलेब्रेटिहरुसंग भरपुर मनोरंजन गर्न पाएको मा पनि एकदमै खुसि देखिन्थे ।

nepali dhamaka cyprus1  nepali dhamaka 11