१ कार्तिक २०८३, शनिबार

साग महिला फुटबलः भारतसँग हारेपछि नेपालको सपना चकनाचुर, रजत पदकमै सीमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_womens_football

काठमाडौँ, ३ फागुन । बाहौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल उपविजेता रही आज रजत पदक हात पारेको छ ।

भारतको सिलोङस्थित जवाहरलाल नेहरू रङ्गशालाको एस्ट्रो टर्फ मैदानमा भएको अन्तिम खेलमा नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको हो ।

हारसँगै लिग चरणको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपालको स्वर्ण पदक जित्ने सपना समेत चकनाचुर भएको छ ।

लिग चरणको खेलमा अपराजित नेपालले श्रीलङ्कालाई ४–०, बङ्गलादेशलाई ३–० र माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो भने भारतसँग गोलरहित बराबरी खेलेको थियो ।

यता भारतले भने श्रीलङ्कालाई ५–० र बङ्गलादेशलाई ५–१ ले हराएको थियो भने नेपाल र माल्दिभ्ससँगको खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो ।

यसअघिका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको अन्तिम खेलमा भारतसँग चार पटक भिडेको नेपाल चारै खेलमा पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य बनेको थियो ।

अन्तिम पटक भने सन् २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा पनि नेपाल भारतसँग ६–० गोलअन्तरले पराजित भएको थियो । यस पटकको सागमा पनि नेपाल पुनः पराजित हुँदै रजत पदकमा चित्त बुझाउन बाध्य बन्यो । उक्त प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काले भाग लिएका थिए । रासस