१ कार्तिक २०८३, शनिबार

सैन्य हेलिकोप्टर दुर्घटनामा तीन जनाको मृत्यु, पाइलट जिवितै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Wreckage of a U.S. Apache helicopter is seen in Wonju, South Korea, November 23, 2015. REUTERS/Jung Jin-wook/News1

सोल, ३ फागुन । दक्षिण कोरियाको एक सैनिक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा परी कम्तीमा पनि तीन जना सैनिकको ज्यान गएको समाचार छ ।

दक्षिण कोरियाली सेनाको एउटा सानो हेलिकोप्टर दुर्घटनामा परेको जनाइएको छ । सैनिक दक्षिण कोरियाली राजधानी सोलको एक सैनिक क्याम्पको नजिकै भएको दुर्घटनामा परी ती सैनिक मारिएका कोरियाली समाचार समिति योनहापले जनाएको छ ।

सो सानो हेलिकोप्टर सैनिकको रहेको र सैनिकले आयोजना गरिरहेको तालिमको उड्डयनका क्रममा सो दुर्घटना भएको बताइएको छ ।

सो हेलिकोप्टरमा रहेका तीनजना सेनाको ज्यान गएको छ भने एकजना ५० वर्षीय पाइलट गम्भीर रुपमा घाइते भएका सेनाले जनाएको छ । रासस।एएफपी