१ कार्तिक २०८३, आइतबार

काठमाडौंमा फोहोरबाट बिजुली निकाल्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Light-काठमाडौँ, ३ फागुन । काठमाडौँ महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने तयारी गरिरहेको जनाएको छ ।

आगामी तीन महिनाभित्र १४ किलोवाट बिजुली निकाल्न लागेको महानगरपालिकाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले बताउनुभयो ।

टेकु ट्रान्सफर स्टेसनमा सङ्कलित भएको फोहोरबाट बिजुली निकाल्न लागिएको र यसका लागि दैनिक ३०० टन जैविक फोहोर प्रयोग हुने पनि उहाँले जानकारी दिनुभयो ।

उपत्यकामा दैनिक ४५० टन फाहोर उत्पादन हुन्छ सो मध्ये ६३ प्रतिशत जैविक फोहोर हुने गर्दछ । उपत्यकाका फोहोरको सही सदुपयोग गर्ने उद्देश्यका साथ बिजुली निकाल्न लागिएको हो ।

युरोपियन युनियन र महानगरले संयुक्त लगानीमा करिब दुई करोड लगानी बिजुली निकालिने र सो बिजुली महानगरको कार्यालयमा प्रयोग गरिनेछ ।

महानगरले उपत्यकाको फोहोर टेकुमा सङ्कलित फोहोरबाट दैनिक ९६ केजी ग्यास, ३०० किलोग्राम जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्न लागेको जनाएको छ । रासस