७ कार्तिक २०८३, शनिबार

ओलीले भारतमा पाइला टेक्नेवित्तिकै नेपालमा लोडसेडिङ घट्ने ! यसरी हुँदैछ सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Modi

काठमाडौं, ३ फागुन । आगामी ६ फागुनदेखि भारतबाट ८० मेगावाट विद्युत आयात गर्ने निश्चित भएको छ ।

सुरुमा विद्युतको मूल्य महंगो पर्न गई निर्णयमा ढिलाई भइरहेको बेला नेपाल विद्युत प्राधिकरणबीच आइतबारको छलफलले बिहीबारदेखि विद्युत आयात गर्ने निश्चित भएको हो ।

भारतको नेसनल थर्मल पावर कम्पनीको प्लान्टबाट व्यापारी कम्पनी एनटिपिसी विद्युत व्यापार निगमबाट ४ फागुनदेखि विद्यु्त आयात गर्ने सम्झौता १५ पुसमा भएकामा मूल्य धेरै भएपछि यसबारे स्पष्ट निर्णय हुन सकेको थिएन ।

उर्जा मन्त्रालय स्रोतका अनुसार आगामी ७ फागुनमा भारतको भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ८ फागुनमा हैदरावाद हाउसमा हुने औपचारिक वार्ताकै अवसरमा रिमोट कन्ट्रोलबाट स्विच अन गरी विद्युत आयातको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ । राजधानी दैनिकमा समाचार छ ।