१ कार्तिक २०८३, शनिबार

अमिताभ र आमिरको मञ्चमा आगलागी, जलेर खरानी बन्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amitab-amir

मुम्बई । बलिउडका चर्चित हस्तीहरु उपस्थित एक मञ्चमा आगलागी हुँदा ‘मेक इन इंडिया वीक’ नामक समारोह जलेर खरानी बनेको छ ।

मुम्बईको गिरगाउँ चौपाटीमा चलिरहेको ‘मेक इन इंडिया वीक’ समारोहमा बलिउडका हस्तीहरु अभिनेता अमिताभ बच्चन, आमिर खान, कटरीना कैफ, मुम्बईका मुख्यमन्त्री देवेन्द्र फडनवीस उपस्थित थिए ।

उक्त समारोहमा आइतबार बेलुका सांस्कृतिक कार्यक्रम ‘महाराष्ट्र रजनी’ सुरु भइरहेको थियो त्यसको केही बेरमै मञ्चमा आगो सल्किएको थियो । यो भीषण आगलागीबाट मञ्च जलेर खरानी बनेको हो । कार्यक्रममा उपस्थित सबै भीआईपीहरुलाई सुरक्षाकर्मीले तुरुन्तै सुरक्षित स्थानतर्फ लगेका थिए । जसका कारण मानवीय क्षति भएन् । सबै अतिथिहरु सकुसल रहेको मुख्यमत्री देवेन्द्र फडनवीसले बताए ।

fire8_021516084333

करिब एक घण्टापछि आगोलाई नियन्त्रणमा लिइएको थियो । बेलुका ७ बजेपछि आगो लागेको समाचारमा जनाइएको छ । आगलागीको कारण सिलण्डरबाट निस्किएको ग्यास भएको बताइएको छ । तुरुन्तै दमकल र दुई दर्जन साधनहरु आगो निभाउन सक्रिय भएका थिए । करिब ४–५ करोड लागतमा बनेको स्टेज र मञ्चलाई भीषण आगलागीपछि बचाउन सकिएन् । जलेर खरानी बन्यो ।