७ कार्तिक २०८३, शनिबार

विद्युत्तीय बस चलाउन सरकारले थाल्यो पहल, चीनको टोली आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-electric-bus

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनका लागि पहल सुरु गरेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यसको पहल सुरु गरेको हो । इन्धनबाट मात्र चल्ने बसका कारण इन्धनको बढी खपत हुने गरेका कारण सरकारले विद्युत्तबाट चल्ने बस चलाउने तयारी गरेको हो ।

उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न मन्त्रालयले चीन सरकारलाई औपचारिक रुपमा आग्रह गरेको छ । नेपालस्थित चिनियाँ राजदूतावासमार्फत मन्त्रालयले पहल सुरु गरेको हो ।

यसका लागि मन्त्रालयले विद्युत्तीय बस उत्पादन गर्ने चिनियाँ कम्पनीलाई पत्रख पठाइसकेको छ । नयाँ पत्रिकामा खबर छ ।