काठमाडौं, ३ फागुन । सत्तारुढ दल एमालेका सांसद महेन्द्र शेरचनले बागलुङ जिल्लाका लागि पाएको सांसद विकास कोषको रकम आफ्नो पुर्खौली जिल्ला पुगाएको रहस्य खुलेको छ ।
दोस्रो संविधान सभामा एमालेको समानुपातिक सूचीमा परेर सांसद बनेका शेरचनले आफ्नो ठेगाना बागलुङ जिल्ला लेखाएका छन् । संसद सचिवालय स्रोतका अनुसार पनि सांसद शेरचनको ठेगाना बागलुङ उल्लेख गरेका छन् ।
धेरै जसो राजधानीमा बस्दै आएका शेरचन बागलुङ जिल्ला जाँदैनन् । उनी मुस्ताङ पनि धेरै जाने गरेका छैनन् । बरु फोनबाटै खटनपटन गर्ने गरेको संसद सचिवालय स्रोतले जनाएको छ ।
समानुपातिक सांसदले संसद विकास कोषबाट पाउने २० लाख रुपियाँ मुलुकको जनुसुकै जिल्लामा खर्च गर्न पाउने अधिकार भए पनि शेरचनले बागलुङगो साटो आफ्नो पुर्खौली जिल्ला पुगाएर सबैलाई चकित पारेका छन् ।
मुस्ताङ जिल्लाका कार्यक्रम अधिकृत केदार थापाका अनुसार सांसद शेरचनले संसद विकास कोषबाट प्राप्त गरेको सबै रकम मुस्ताङ जिल्ला पठाएको बताए । ‘महेन्द्र शेरचनको पुर्खौली घर मुस्ताङ जिल्लाको खोबाङ रहेछ’, अधिकृत थापाले भने, ‘उहाँले सबै रकम मुस्ताङ र विशेष गरेर खोबाङ गाविसमा खर्च गर्नु भनेर निर्देशन दिनुभएको छ ।’
यसैबीच, मुस्ताङ जिल्लाका स्थानीय विकास अधिकार हेमराज सुवेदी एक महिनादेखि घर विदामा बसेका छन् । सुवेदीले योजना अधिकृत जीवन ज्ञवालीलाई कार्यबाहकको जिम्मेवारी दिइ पोखरास्थित घरमा गएर दिन काट्ने गरेका छन् । उनले पोखरा बसेर आफ्नो सरुवा मिलाउन राजनीतिक दलका नेताहरूको ढोका चाहर्ने गरेको मुस्ताङ जिविसका एक कर्मचारीले बताए ।















प्रतिक्रिया