काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति वा महामन्त्रीमा उम्मेवारी दिने भाषण गर्दै आएका नेता गगन थापाले आफ्नै निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिदेखि महाधिवेशन प्रतिनिधीमा पराजयको सामना गर्नुपरेको छ ।
केन्द्रमा नयाँ पुस्ताको नारा लगाउने गगन थापाले क्षेत्रमा त्यसलाई पुरै बेवास्ता गर्दै पीए र आसेपासेलाईमात्र ल्याउन खोजेको आरोप लागेको छ । क्षेत्र नम्बर ४ मा थापाले उठाएका क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठ हात्ती नामले चिनिने राजु श्रेष्ठसँग पराजित भएका छन् । महाधिवेशन प्रतिनिधी पनि थापाका समर्थक २ जनामात्र आएका छन् ।
गगनकै खेल मैदान, गगनले नै चयन गरेका खेलाडीमा चुनाव हुँदा उनका उम्मेदवारले हार व्यहोरोको चर्चा क्षेत्र नम्बर ४ मा हुन थालेको छ । क्षेत्र नम्बर ४ मा गगनले आफ्ना पीए निरज सत्याल, रोहित पौडेल, चन्द्रनाथ थपलिया र शैलेश सिटौला जस्ता आसेपासेलाई मात्र च्यापेपछि पीए भर्सेन नेपाली कांग्रेसका इमान्दार कार्यकार्ताको अवस्था सृजना भएको थियो । पीएहरु मात्र च्यापेपछि गगनले क्षेत्र नम्बर ४ मा दुःखद परिणामको सामना गर्नुपरेको एक कांग्रेस कार्यकर्ताको गुनासो छ । २०६४ सालमा चुनाव जितेकी सुप्रभा घिमिरेलाई २०७० मा टिकट नदिएर रुवाएका गगन थापा ३ वर्षमै आफ्नै क्षेत्रमा कार्यकर्ताको आक्रोशको तारो बनेको समाचार साँघु साप्ताहिकले छापेको छ । अगाडि लेखिएको छ- आफ्ना आसेपासेदेखि भान्सेसम्मलाई पार्टीको क्रियाशिल सदस्यता दिँदा पनि उनले उठाएका उम्मेदवार बुथदेखि क्षेत्र र महाधिवेशन प्रतिनिधीमा पराजित भएका छन् । गगनका पीए शैलेश सिटौला र चिरन्जीवीनिधी तिवारीले महाधिवेशन प्रतिनिधी जितेका छन् ।
क्षेत्रीय सभापति राजुले गगनका महाधिवेशनप्रतिनिधीलाई हराउँदै कर्माछिरिङ शेर्पा, नरोत्तम बैद्य, आत्माराम पौडेल, लाक्पा लामा, विमल भित्रकोटी, जानु घिमिरे, अनारदेवी बस्नेत, साधुराम खड्का, सुशील नाहटालाई जिताएको दाबी गरेका छन् । जिल्ला समितिमा पनि पुरुषोत्तम खकुरेल, सन्तोष खड्का, सानु श्रेष्ठ, नर्मदा पोखरेल राजुले आफ्नो प्यानलबाट परेको दाबी गरेका छन् । जिल्ला समितिमा पीए रोहित पौडेल, र क्षेत्रीय समितिमा निरज पोखरेल मात्र गगनका उम्मेदवार हुन् ।
संविधान सभाको निर्वाचन २०७० मा काठमाडौं ४ नम्बर क्षेत्रमा प्रतिस्पर्धी एमालेका निर्मल कुईकेललाई आधा भन्दा बढी मतान्तरले पराजित गरेका गगन थापालाई पार्टीको चुनावमा उनले उठाएका उम्मेदवार हारेपछि ठूलो धक्का लागेको छ ।















प्रतिक्रिया