१ कार्तिक २०८३, शनिबार

अफगानिस्तानमा सन् २०१५ मा मारिएका व्यक्तिको सङ्ख्या एघार हजार नाघ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Afghan-villagers-with-a-U-007

काबुल, २ फागुन । अफगानिस्तानमा सन् २०१५ मा मारिएका वा घाइते बनाइएका व्यक्तिको सङ्ख्या सन् २००९ देखिकै सबैभन्दा अधिक रहेको र त्यसमा विशेष गरी बालबालिकाले सबैभन्दा बढी मूल्य चुकाउनु परेको संयुक्त राष्ट्र सङ्घद्वारा आइतबार प्रकाशित एक नयाँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०१५ मा अफगानिस्तानमा ११ हजार दुई व्यक्तिले क्षति भोगेको र त्यसमा तीन हजार ५४५ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्र सङ्घले आफ्नो नागरिक तथा सशस्त्र द्वन्द्वसम्बन्धी प्रतिवेदनमा उल्लेख गरेको छ । यो सङ्ख्या सन् २०१४ को सङ्ख्या भन्दा चार प्रतिशतले बढी हो ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिनिधि निकलस हेजमले नागरिकमा चोट पु¥याउने कार्य पूर्णतया अस्वीकार्य भएको बताउनुभयो ।

उहाँले अफगान नागरिकमाथि पीडा दिने व्यक्तिलाई जनताको हत्या तथा अङ्गभङ्ग गर्ने कार्य रोक्न र उनीहरुको संरक्षण गर्न आग्रह गर्नुभयो ।

सन् २०१५ बढी जनघनत्व भएको क्षेत्र तथा प्रमुख नगरमा भएको युद्ध तथा आक्रमण यी जनधन क्षतिको प्रमुख कारण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा तालिबान लडाकूले सहरी क्षेत्रमा बढी आक्रमण गरेको र त्यसले बढी जनधनको क्षति भएको उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् २००९ देखि यस्तो वार्षिक प्रतिवेदन बनाउन आरम्भ गरेको हो । रासस/एएफपी