७ कार्तिक २०८३, शनिबार

यी ठग म्यानपावरलाई कारबाही होला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baideshik-Rojgarकाठमाडौ, २ फागुन । वैदेशिक रोजगारमा जाने कामदारसँग बढी रकम लिएर थोरै रुपैयाँको रसिद दिने म्यानपावर कम्पनीमाथिको कारवाही अन्योलमा परेको छ ।

श्रम मन्त्रालय र विभागका कर्मचारीको इच्छा शक्ति बलियो नहुदाँ ठगी गर्ने म्यानपावर कम्पनी माथिको कारवाही अन्योलमा परेको छ ।

विभागले १ सय म्यानपावर कम्पनीको सुची मागको तेस्रो सातामा ल्याउने र फागुनभित्रै कारवाही गर्ने भनाई पनि हावादारी साबित भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

विभागको म्यानपावर कम्पनी माथिको अनुगमन पनि कामदार भन्दा सरकारी कर्मचारीले बढी फाइदा उठाइरहेको आरोप पीडितले लगाइरहेका छन् ।

विभागले ठगी गर्ने १ सय म्यानपावर कम्पनीको सूचीको तयारी अन्तिम चरणमा पुर्‍याएको भए पनि यसलाई सार्वजनिक नगर्नु आश्चर्यपूर्ण भएको विभागका निर्देशकले बताए ।