१ कार्तिक २०८३, शनिबार

कसरी मनाउँदैछन् यी नायिकाले भ्यालेन्टाइनडेमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunnyसन्नी लियोन

डेनियलले मलाई अत्यन्त प्रेम गर्छन् । म उनको मायामा पागलजस्तै भएकी छु । विवाहअघि डेनियलले मलाई इम्प्रेस गर्न सधैँ चकलेट, ग्रिटिङ कार्ड दिन्थे । अहिले पनि उनी मलाई प्रत्येक दिन खुसी बनाउँछन् । डेनियलसँग हुनु मेरा लागि प्रत्येक दिन भ्यालेन्टाइनडे मनाउनुजस्तै हो । तर, यो भ्यालेन्टाइनमा हामी सँगै हुनेछौँ । विशेष दिन बनाउनेछौँ ।

करिना कपुर

मेरा लागि प्रेमले ठूलो अर्थ राख्छ । त्यसैले, म भ्यालेन्टाइनडे मनाउँछु । म सिंगल हुँदा साथीहरूसँग यो दिन मनाउँथेँ । अहिले श्रीमान् (सैफ अलि खान)सँग मनाउँछु । विवाहपछि मेरा हरेक दिन भ्यालेन्टाइनडे हुन् । यसको सबै क्रेडिट सैफलाई नै जान्छ । तर, यसपटकको भ्यालेन्टाइनमा हामी दुवै सुटिङमा व्यस्त छौँ । तर, म कुनै न कुनै बहाना बनाएर सैफलाई भेट्छु ।

शाहरुख खान

विवाहभन्दा पहिले म गौरीका लागि भ्यालेन्टाइनडेमा कविता लेख्थेँ । ती कविता राम्रा हुँदैनथे, तर गौरीलाई खुसी बनाउन पर्याप्त हुन्थे । त्यति मात्र होइन, म गौरीलाई फूल, चकलेट पनि दिएर इम्प्रेस गर्ने प्रयास गर्थेँ । गौरीलाई भ्यालेन्टाइनडे विशेष लाग्छ, त्यसैले म प्रत्येक वर्ष यो दिन मनाउँछु । मनाइनँ भने मेरो पूरै वर्ष खराब हुन्छ ।

काजोल

म बहुतै रोमान्टिक छु । मेरो खुसीका लागि पनि अजयले बर्सेनि भ्यालेन्टाइनडे मनाउनुपर्ने हुन्छ । म चाहन्छु, यही दिन पारेर अजयले मेरो नामको ट्याटु खोपाओस् । तर, ऊ यसका लागि तयार छैन । त्यसैले, मेरा अरू चाहना अजयले पूरा गर्छ । अजय मेरो रियल लाइफको रियल हिरो हो । ऊसँग डिनरमा जान्छु, उसले मलाई गिफ्ट पनि दिन्छ । म त्यसलाई समालेर राख्छु ।