१ कार्तिक २०८३, शनिबार

नेपाल १७ वर्षपछि साग फुटबलको फाइनलमा, माल्दिभ्स पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football-nepal

 

 

काठमाडौं, १ फागुन । नेपाल १७ वर्षपछि दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको फाइनलमा प्रवेश गरेको छ ।

भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार राति गुवाहाटीस्थित इन्दिरा गान्धी रङ्गशालामा भएको पुरुष फुटबलको सेमिफाइनलमा माल्दिभ्स ४–३ गोलले लाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

काठमाडौंस्थित दशरथ रङ्गशालामा सन् १९९९ मा भएको आठौँं साफमा नेपाल फाइनलमा पुगेको थियो । त्यसयता फाइनल यात्रा तय गर्न नसकेको नेपालले यसअघि १९८४ र १९९३ मा फुटबलमा स्वर्ण पदक हात पारेको थियो ।

माल्दिभ्सलाई हराएसँगै नेपालले अब स्वर्ण पदकका फाइनलमा भारतसँग भिड्नेछ । जितपछि नेपाली प्रशिक्षक राजुकाजी शाक्यले भारतलाई हराउन सम्पूर्ण अस्त्र प्रयोग गरिने बताए । नेपालले २३ वर्षअघि स्वर्ण जित्दा शाक्य टोलीका कप्तान थिए ।

समूह चरणको पहिलो खेलमा भुटानलाई नेपालले ५–० ले हराएको थियो भने बङ्गलादेशसँग २–१ को हार व्यहोरेको थियो । प्रतियोगिता अन्तर्गत आज भएको अर्को सेमिफाइनलमा आयोजक भारतले बङ्गलादेशलाई पराजित गरेर फाइनलमा पुगेको छ ।