१ कार्तिक २०८३, आइतबार

मासिक भत्ता बढाउन प्रचण्ड गर्न थाले पहल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौं, १ फागुन । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले अल्पसङ्ख्यक राउटेको मासिक भत्ता बढाउन पहल गरिने बताउनुभएको छ ।

अछामबाट आएको राउटेका प्रतिनिधिमण्डलसँग आज बिहान आफ्नै निवास लाजिम्पाटमा कुरा गर्दै उहाँले खसी पाल्ने, बालबच्चालाई विद्यालय पठाउने, मासिक भत्ताको व्यवस्था गर्ने, सुरक्षा दिने, स्वास्थ्य सेवाका लागि घुम्ती स्वास्थ्य टोलीको व्यवस्था गर्ने लगायत सुधार आवश्यक रहेकाले सो विषयमा सरकारमा पहल गरिने बताउनुभएको उहाँका प्रेस सहयोगी सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

सरकारले अल्पसङ्ख्यक फिरन्ते तथा जङ्गलमा बस्ने रुचाउने राउटे जातिलाई मासिक रु एक हजार भत्ताको व्यवस्था गरेको छ । राउटेले मासिक भत्ता र रु पाँच हजार पु¥याई दिन आग्रह गरेका थिए । उनीहरुले तत्कालका लागि आफ्नो समुदायको कुलपूजा भएकाले केही खर्चको व्यवस्था गरिदिन तथा दीर्घकालीन रुपमा समुदायको स्वास्थ्य, सुरक्षा र खाद्यान्नको व्यवस्थालगायत मागका बारेमा सरकारसँग कुरा गरिदिन अध्यक्ष दाहाल समक्ष अनुरोध गरेका थिए ।

उक्त अवसरमा एमाओवादी सचिव तथा उपप्रधानमन्त्री टोपबहादुर रायामाझीले राउटे समुदायलाई शिक्षा र स्वास्थ्यको व्यवस्था गरी आधुनिक बसाइतिर लैजानुपर्ने धारणा राख्नुभयो । पार्टी स्थायी समिति सदस्य एवम् वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले राउटे वन रक्षकको रोकिएको तलब भुक्तानी गराउन पहल गरिने बताउनुभयो ।

मेचीकाली हिमाल तराई अभियानका अभियानकर्मी कृष्ण केसी र नवल खड्काले संविधानमा सम्बोधन गरी उनीहरुको बेग्लै संरक्षण गर्ने निकाय बनाउनुपर्ने माग गर्नुभयो ।

राउटेले आजदेखि यही फागुन १५ गतेसम्म आफ्नो कुलपूजा गर्छन् । सूर्यनारायण शाही, तितबहादुर शाही र वीरबहादुर शाही लगायत राउटे अगुवाले आफूले भोगेका समस्या र उनीहरूमा आएको सुधारबारे जानकारी गराउनुभएको थियो । रासस