१ कार्तिक २०८३, शनिबार

साग फुटबलः माल्दिभ्ससँग भिड्दै नेपाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football

काठमाडौँ, १ फागुन । बाह्रौंँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा नेपाल र माल्दिभ्स आज आमनेसामने हुँदैछन् ।

गुवाहाटीस्थित इन्दिरा गान्धी रङ्गशालामा केही समयपछि हुने खेलमा माल्दिभ्सलाई हराउन सके १७ वर्षपछि नेपाल फाइनलमा पुग्नेछ । दशरथ रङ्गशालामा सन् १९९९ मा भएको आठौँं साफमा नेपाल फाइनलमा पुगेको थियो । त्यसयता फाइनल यात्रा तय गर्न नसकेको नेपालले यसअघि १९८४ र १९९३ मा फुटबलमा स्वर्ण पदक हात पारेको थियो ।

अघिल्लो महिना मात्र ढाकामा भएको बङ्गबन्धु गोल्डकपको उपाधि जित्ने क्रमको सेमिफाइनलमा नेपालले घरेलु टोली बङ्गलादेशको राष्ट्रिय टोलीलाई ४–१ ले हराएको थियो ।

हराउने नेपाली वरिष्ठ टोली भए पनि अधिकांश खेलाडी तेइस वर्षमुनि (यु-२३) का थिए । ओलम्पिक फुटबलको मान्यतानुसार अहिलेका टोलीमा तीन खेलाडी बाहेक सबै तीनै यु–२३ का खेलाडी छन् ।

नेपालले माल्दिभ्सलाई हराएर स्वर्ण पदकको ढोका ढक्ढक्याउने नेपाली प्रशिक्षक राजुकाजी शाक्यले बताउनुभयो । नेपालले २३ वर्षअघि स्वर्ण जित्दा शाक्य टोलीका कप्तान हुनुहुन्थ्यो ।

समूह चरणको पहिलो खेलमा भुटानलाई नेपालले ५-० ले हराएको थियो भने बङ्गलादेशसँग २-१ को हार व्यहोरेको थियो । प्रतियोगिता अन्तर्गतको अर्को सेमिफाइनल खेल आजै आयोजक भारत र बङ्गलादेशबीच हुँदैछ । रासस