१ कार्तिक २०८३, शनिबार

साग फुटबलः भारतलाई पछ्याउने नेपाली चेलीको अर्काे सनसनीपूर्ण जीत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो
फाइल फोटो

काठमाडौं, १ फागुन । शुक्रबार भारतलाई पछ्याउँदै फाइलनमा पुगेको नेपाली महिला फुटबल टिमले शनिबारको खेलमा श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार बिहान सिलोङमा भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध ४–० गालको सानदार जीत हात पारेको हो ।

यो जितसँगै महिला फुटबल टिमले सागमा रजत पदक जितेको छ । अब फाइनल खेलबाट स्वर्णपदकको टुंगो लाग्नेछ । फाइनलका लागि आजै हुने भारत र बंगलादेशबीचको सेमिफाइनल खेलले एक टिमको टुंगो लगाउनेछ । विजेता टिमसँग नेपालले फाइनल खेल्नेछ । यसपटक महिला फुटबल टिमले प्रतियोगितामै उत्कृष्ठ प्रदर्शन गरिरहेको छ ।

सिलोङस्थित जवहरलाल नेहरु स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा नेपालका लागि माया लिम्बूले पहिलो गोल गरिन् । पहिलो हाफ १–० मा सकिएको खेलमा नेपालले दोस्रो हाफमा तीन गोल गर्यो । नेपालका लागि ५१ औं मिनेटमा सावित्रा भण्डारीले गोल गरिन् । भने, ६३ औं मिनेटम सावित्राले नै अर्को गोल थपिन् । खेलको ७९ औं मिनेटमा सपना लामाले गोल गर्दै नेपाललाई ४–० को जित दिलाइन् ।

यसअघि शुक्रबार भएको समूह चरणको तेस्रो खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेल्दै ७ अंकसहित एक खेल अगावै फाइनलमा पुगेको थियो ।