काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका दिवंगत नेता सुशील कोइरालालाई पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्दै गर्दा विभिन्न रोचक र घोचक प्रसङ्गहरू देखिएका थिए । त्यसमध्येक एक पात्र कोइरालाले नै मनोनीत गरेका महामन्त्री कृष्णप्रसाद सिटौला थिए ।
सिटौलाले आर्यघाटमा कोइरालाको शव जलिरहँदा आफू नजिकै बसेका कांग्रेस नेताहरूसँग सभापति पदमा उम्मेदवारी दिने भनेर जानकारी गराएका थिए । ‘सुशीलजीको निधन भयो । अब मै हो सभापति । तपाईहरूले मेरो लागि प्रचार प्रसार गर्नु होला’, सिटौलाको निर्देशन सुनेका एक नेताले भने ।
हुन त सिटौलाले उपसभापति मनोनीत हुनका लागि यसअघि पनि सभापतिको दाबेदार हुँभन्दै प्रचार गरेका थिए । तर कोइरालाको शव जल्दै गर्दा सिटौलाले किन सभपातिमा उम्मेदवारी घोषणा गरे अचम्मको विषय बनेको छ ।
सिटौलाले सभापति पदमा जित्छन् वा जित्दैनन् महाधिवेशन प्रतिनिधिहरूले नै निर्णय गर्ने छन् । तर सिटौलाको हैसियत के हो त्यस उनले भुलेको आरोप लाग्न थालेको छ ।
गिरिजाप्रसाद कोइरालाको छत्रछायाँमा बसेर तत्कालीन नेकपा (माओवादी)लाई शान्ति प्रक्रियामा ल्याउन सहयोगी भूमिका खेलेका सिटौलाले सोही विषय भजाएर सभापति बन्ने दाउमा छन् । तर उनलाई यत्तिले मात्रै पुग्ने छैन । उनले त्यसवाफत पटक पटक आकर्षक मन्त्री पद खाएर त्यसको फल फलपाइसकेको कांग्रेसी नेताहरूको भनाइ छ ।
रामचन्द्रलाई कुर्सी दिइएन, रेसँग हात मिलाउन तछाडमछाड
आर्यघाटमा दिवंगत कोइरालाको राजकीय सम्मानका साथ अन्त्यष्टि हुँदै गर्दा कांग्रेसका कार्यबाहक साभापति रामचन्द्र पौडेललाई बस्नका लागि उनकै सांसद र केन्द्रीय सदस्यहरूले ठाउँ दिएनन् । पछि बाहिरबाट अर्को कुर्सी ल्याएर बस्ने व्यवस्था मिलाइयो । एकछिनसम्म पौडेल उभिएरै कोइरालाको राजकीय सम्मानमा सहभागी भए ।
त्यसको केही समयपछि पुगेका नेपालका लागि भारतीय राजदूतसँग हात मिलाउन कांग्रेसका सांसद र केन्द्रीय सदस्यहरूले आआफ्नो सिटबाट उठेर तछाडमछाड गरेको देखिएको एकजना केन्द्रीय सदस्यले बताए । ती सदस्यले भने, ‘आफ्नो पार्टीको कार्यबाहक सभापतिलाई बस्न कुर्सी नदिने सहसचिवस्तरको भारतीय राजदूतसँग हात मिलाउन कुर्सीबाट उठेर तछाडमछाड गर्ने ।’
कम्तिका छैनन् पौडेल
कोइरालाको निधनसँगै सभापतिमा मुख मिठ्याएका रामचन्द्र पौडेललाई जितका लागि त्यति सजिलो छैन । उनले कोइराला परिवार र वरिष्ठ नेता शेरबहादुर देउवा समूहलाई मिलाउनु पर्ने दायित्व छ । हुन त पौडेलले आफ्नो पक्षमा माहोल बनाउन सक्रिय भएको जनाइएको छ ।















प्रतिक्रिया