सोलुखुम्बु, ४ साउन । सीमा विवादलाई लिएर जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको नवनिर्मित भवनको एकापट्टिको गाह्रो भत्काइएको छ ।
जग्गाधनी ल्हाक्पा तामाङले सल्लेरी–२ फाप्लुमा बन्दै गरेको कार्यालयको नयाँ भवनको पश्चिमपट्टिको गाह्रो भत्काइदिएका हुन् ।
जग्गा मिचेको तथा भवन निर्माणमा आफ्नो ढुङ्गा प्रयोग गरेको भन्दै तामाङले एक्कासि भवनको गाह्रो भत्काइदिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय ओखलढुङ्गामार्फत करिब ७६ लाखको लागतमा बन्दै गरेको भवनको छानो लगाउने तयारी भइरहेको थियो ।
यसअघि पनि सीमा विवादलाई लिएर जिल्ला अदालत सोलुखुम्बुमा मुद्दा दर्ता भएको जग्गाधनी तामाङले बताए ।















प्रतिक्रिया