१ कार्तिक २०८३, शनिबार

टर्कीको आकाशमा नेटोले निगरानी गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neto

बर्लिन २९ माघ । सिरियाका कारण उसमाथि हुने गरेको आक्रमणको निहूँमा टर्कीमा पनि रसियाली विमान उड्ने गरेको समस्या आइरहेका बेला टर्कीको आकासमा वायुयान पठाइने भएको छ ।

उत्तर एटलान्टिक सहयोग सङ्गठन (नेटो) ले वायुयानबाट सिर्जित हुने खतरा नियन्त्रणका लागि निरीक्षण गर्न यसका विमानलाई टर्कीको आकासमा परिचालन गर्न लागेको बताइएको हो ।

जर्मनीका सुरक्षा अधिकारीहरुले सो यान पठाइने बारेमा तयारी भइरहेको बताएका छन् ।

जर्मनीका रक्षामन्त्रीका प्रवक्ता बोरिस न्यान्टले टर्कीको आकासमा परिचालन गरिने विमानसुरक्षा नियमनका लागि मात्र प्रयोग हुनेमा विश्वस्त हुन सम्बद्ध सबैलाई अनुरोध गर्नुभएको छ ।

turkey-Russa-conflict

यस योजनालाई नेटोले प्रयोगमा ल्याउने भन्दै नेटोको यो योजना तुरुन्तै प्रयोगमा ल्याइने बारेमा व्यापक मात्रामा परामर्श र तयारी जारी राखेको पनि उहाँले बताउनुभयो ।

के कति विमान र चालकलाई कहिलेदेखि यस कार्यका लागि खटाइने हो भन्ने बारेमा भने विषयमा अधिकारीले केही बताएका छैनन् । निरीक्षणका लागि विमान टर्कीको कोन्या सहर वरिपरीको आकाशमा रहने प्राप्त समाचारमा जनाइएको छ ।

रसिया र टर्कीबीच पछिल्लोपटक टर्कीले मस्कोको युद्धक विमानलाई खसाले पछि यी दुई देशबीच देखिँदै आएको तनाव कम गर्ने प्रयासस्वरूप नेटो सम्बद्ध राष्ट्र संलग्न बैठकले यही डिसेम्बर १८ मा निरीक्षणका लागि विमान पठाउने निर्णय गरेको थियो ।

तर त्यस समयमा पठाउन नसकिएको र हाल आएर त्यस बारेमा परामर्श र तयारी सुरु भएको जानकारी अधिकारीहरुले दिएका हुन् ।

वायुयान खतरा नियन्त्रणका लागि पठाइने विमानले टर्की लगायतका भूमध्यसागरिय क्षेत्रमा अवस्थित विभिन्न मुलुकको सिमानामा निगरानी गर्नेछ । रासस/एपी