
काठमाडौं, २९ माघ । पाँच महिना लामोसमयसम्म अघोषित नाकाबन्दी गरेर नेपाली जनतालाई दुःख दिएको भारतले नेपालमाथि शासन गर्ने खालको नयाँ प्रस्ताव पेस गरेको छ ।
नेपालबाट ‘गोर्खा’ सैनिक लग्दै गरेको भारतले उनीहरुलाई भाडामा लगाउन अर्काे देशसँग प्रस्ताव गरेको खुलासा भएको हो । जबकी नेपाल एक स्वतन्त्र राष्ट्र हो । उसले सेना जहाँ पठायो त्यही देशको मात्रै सेवा गर्नुपर्ने हो तर, भारतले यो कुराको हेक्का नराखी नेपाललाई जानकारी नदिएरै अर्काे देशलाई गोर्खा सेना भाडामा दिने प्रस्ताव गरेको छ । जसलाई ठाडो भाषामा ‘दलाली’ भनिन्छ । अर्थात नेपाली युवालाई किनेर अर्काे देशलाई बच्नु भनेको ‘बिचौलिया अर्थात दलाली’ गर्नुजस्तै हो ।

११ दिने पहिले माघ १८ मा प्रधानसेनापति राजेन्द्र क्षेत्री भारत भ्रमणमा जानु एकदिन अघि माघ १७ गते मात्र बु्रनाई पुगेका भारतीय उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले नेपाली युवा(गोर्खा)लाई ब्रुनाईको रक्षार्थ खटाउने प्रस्ताव गरेका थिए । यो नेपाली नागरिकलाई दोस्रो मुलुकले तेस्रो मुलुकको रक्षार्थ खटाउने कुरा हो । यसमा नेपाल सरकारलाई कुनै जानकारी दिइएको छैन् ।
परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागीले नेपाली सेनालाई ब्रुनाईमा खटाउने प्रस्तावबारे भारतले कुनै जानकारी नगराएको बताए । जबकी स्वतन्त्र राष्ट्रको हैसियतले नेपाललाई यो विषयबारे भारतले जानकारी गराउनुपर्छ । र अनुमति लिनुपर्छ । त्यसमा पनि नेपाल आफैले ब्रुनाईसँग सम्झौता गर्न नसक्ने पनि होइन् । तर, नेपालबाट गोर्खा सैनिकलाई लगेर भारतले ब्रुनाईमा खटाएमा उसलाई ठूलो लाभ हुने देखिन्छ । यसले नेपालीको स्वाभिमानै गिर्नेछ ।
ब्रुनाई भ्रमणमा रहेका भारतीय उपराष्ट्रपतिले द्विपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । जसमा गोर्खा सेना खटाउने प्रस्ताव पनि उल्लेख छ । यदि यो प्रस्ताव ब्रुनाईले अनुमोदन गरेमा गोर्खा सैनिक भारतको आदेशमा त्यहाँ खटिनुपर्नेछ । जबकी गोर्खा सैनिक नेपाली नागरिक हो तर, उसमाथि शासन भारतले गर्नेछ ।

चीनसँग चिढिएको ब्रुनाईले भारतसँग संयुक्त सैन्य अभ्यास तथा तालिम गर्ने सम्झौता गर्दा बेइजिङ त्रसित बनेको छ र आपत्ति समेत जनाएको छ । किनकि चीनले आफ्नो भनेका दक्षिण चीन सागरका टापुहरूमा ब्रुनाईसहित पाँच मुलुकको दाबी छ । यो सम्झौताले भारतसँग पनि चीन थप रिसाएको अनुमान गरिएको छ । र सांकेतिक भाषामा बेला बेला चेतावनी दिँदै आएको छ ।
यो प्रस्ताव अनुमोदन भएमा भारत र चीनबीच तिक्तता अझै बढ्ने त्यसको असर दुबैको छिमेकी नेपाललाई नै पर्ने विज्ञहरु बताउँछन् । यसलाई तुरुन्त सच्याउन तथा प्रधानमन्त्रीको भारत भ्रमणको बेला कुरा उठाउनुपर्ने विचार विज्ञहरुले राखेका छन् ।















प्रतिक्रिया