३० आश्विन २०८३, शुक्रबार

डोल्पामा हवाई सेवा अवरुद्ध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dolpa-airportजाजरकोट, ४ साउन । सडक यातायातले छुन नसकेको डोल्पामा अहिले हवाई यातायात पनि बन्द भएको छ ।

वर्षाले विमानस्थलको धावनमार्ग हिलाम्मे भएपछि दुई सातादेखि हवाई सेवा अवरुद्ध भएको हो । नेपालगन्ज र सुर्खेतबाट हुने उडान बन्द हुँदा सयौँ यात्रु अलपत्र परेका छन् ।

जुफाल र मसिनाचौर गरी दुई विमानस्थल छन् । दुवै कच्ची रहेकाले थोरै पानी पर्नासाथ विमानस्थल हिलाम्मे हुँदा हवाई सेवा बन्द गर्ने अवस्था आउने गरेको नागरिक उड्डयन प्राधिकरण जुफालले बताएको छ ।

सडक यातायातले जाजरकोट र डोल्पाको सिमानामा पर्ने भगवती गाविसलाई मात्र छोएको छ ।