२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीले मधेसी मोर्चाका शीर्ष नेतालाई नबोलाइ किन दोस्रो तहका नेता बोलाए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-niwas-baluwatarकाठमाडौं, २९ माघ । मधेसका माग सम्बोधनका विषयमा लामो समयपछि प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरुको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजे बस्ने बैठकमा राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल हुनेछ । तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्ष रामनरेश रायका अनुसार राजनीतिक संयन्त्रका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चाका कार्यदलका सदस्यहरुलाई बोलाउनु भएको छ ।

प्रधानमन्त्रीले मधेसी मोर्चाको माग र सीमाङ्कनको विषयलाई सम्बोधन गर्न कसरी अगाडि बढ्ने, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेलगायतका विषयमा परामर्श गर्न कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका दोस्रो तहका नेताहरुको बैठक बोलाउनु भएको हो ।

आजको बैठकबाट आउने सुझाव र सल्लाहअनुसार प्रधानमन्त्री ओलीले फेरि चार राजनीतिक शक्तिका शीर्ष नेताहरुको बैठक बोलाइ ठोस निर्णय गर्ने ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलका सदस्यहरुलाई मात्रै बैठकमा बोलाइएको छ । आजको छलफलपछि सकेसम्म आजै उच्चस्तरीय राजनीतिक कार्यदल बनाउने तयारी भएको छ ।’

मधेस आन्दोलन र नाकाको धर्ना फिर्ता भएसँग सरकारले प्रमुख चार राजनीतिक शक्तिको बैठक बोलाएको थिएन । लामो समयपछि यो बैठक बस्न लागेको हो ।