
– सुरिता बस्नेत
जाजरकोट, २८ माघ । किसानहरुले विभिन्न किसिमका कृषि उपज उत्पादनलाई प्रदर्शनीका माध्याम बाट मेहनती किसानलाई हौसला बढाई कृषि क्षेत्रमा पोत्साहन गर्ने उदेश्यले ग्रामिण समाजको आयोजना टिडिएच जर्मनी दातृ संस्थाको सहयोग र मिलिजुली सहकारी संस्था कार्की गाउँको व्यवस्थापनमा २६ गते देखी कृषि मेला तथा भ्रमण कार्यक्रम गरेको छ ।
नारायणी उच्च मा.वि.को प्राङ्गणमा भएको कृषि मेलामा किसानहरुले कृषि उपज उत्पादन दलहन बाली, तेलहन बाली, फलफुल खेती ,तरकारी खेती, आलु खेती र खसी लगायतका करिब एक सय भन्दा बढी वस्तुहरु प्रदर्शनीका लागी ल्याएका थिए ।
मेलामा प्रमुख अतिथिको रुपमा रहेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटका बाली संरक्ष्ण अधिकृत तिलकराम वलीले धनी देखी गरिब र हरेक क्षेत्रका मानिसहरुलाई आफुले उत्पादन गरेको कृषि उपज वस्तु खुवाउने किसानले आफुले आफैलाई कहिल्यै पनि किसान भनी अपमानित नहुन आग्रह गर्दै किसानलाई गर्भ गरिने पेशाका रुपमा लिनुपर्ने बताए ।
त्यसैगरी ग्रामिण समाज नेपालका अध्यक्ष खिम बहादुर शाहीले विकासे संघ संस्थाहरुले किसानहरुका लागी होस्टेमा हैसे गर्ने र मेहनती किसानलाई आबश्यक पर्ने हरेक खालका सहयोग तथा सुझाब दिन पछि नपर्ने तर किसानमा केही गर्छु भन्ने भावना हुनु पर्ने समेत उल्लेख गरे ।
कृषि मेला प्रदर्शनीमा राखीएका विभिन्न बालीमा मुल्याङ्कन गरिएको र मुल्याङ्कनका आधारमा प्रथम, दृतिय, तृतिय र सान्त्वना भएका किसानका कृषि उपज वस्तुहरुलाई नगद पुस्कार तथा प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
साथै जिल्ला सदरमुकाम भन्दा बाहिर गाविसहरुमा भएको कृषि क्षेत्रको मेला मध्ये यो नै हास सम्मको सबै भन्दा ठुलो मेलाका रुपमा लिईएको छ ।















प्रतिक्रिया