१ कार्तिक २०८३, आइतबार

टेलिकमले करिब आठ सय कर्मचारीलाई अवकाश दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-telecomकाठमाडौँ, २८ माघ । नेपाल टेलिकमले कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार थपलियाको अध्यक्षतामा बुधबार बसेको बैठकले पहिलो चरणमा ७९६ कर्मचारी कटौती गर्ने निर्णय गरेको हो ।

टेलिकमका सहप्रवक्ता दिल्लीराम अधिकारीका अनुसार ती कर्मचारीलाई आकर्षक रकम सहित स्वेच्छिक अवकाश दिने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार टेलिकमले संस्थाको सुधार, जनशक्ति व्यवस्थापन र बढी भएका जनशक्तिको सम्मानजनक अवकाश दिने निर्णयानुसार पहिलो चरणमा कर्मचारी कटौती गर्न लागेको हो । रासस