३० आश्विन २०८३, शुक्रबार

शासकीय अव्यवस्थापनका कारण पछौटेपनः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oliकाठमाडौं, ४ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शासकीय अव्यवस्थापनका कारण नेपालमा गरिबी र पछौटेपन कायम रहेको बताएका छन् ।

एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूका लागि आज राजधानीमा आयोजित दिवाभोज कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसारमै पाउन नसकिने प्राकृतिक स्रोत साधन, वन्यजन्तु र जीवजन्तु पाइने नेपालमा तिनको उचित सदुपयोग हुन नसकेको बताए ।

उनले शासकीय अवस्थाका कारण यस्तो अवस्था उत्पन्न भएको जनाउँदै परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न तोकिएको समयमा लोकतान्त्रिक संविधान निर्माणका लागि सक्रिय हुन पनि अपील गरे ।

अध्यक्ष ओलीले गरिबी र पछौटेपन हटाउन लोकतान्त्रिक जनआन्दोलनको मर्म र भावनाअनुसार जनताको परिवर्तनप्रतिको चाहनालाई संविधानमा समावेश गरेर मुलुकको समृद्धितर्फ लाग्न आग्रह गरेको केन्द्रीय सदस्य भानुभक्त ढकालले जानकारी दिए ।

कार्यक्रममा उपाध्यक्ष वामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल र अन्य पदाधिकारी र केन्द्रीय सदस्य सहभागी थिए । तर निवर्तमान अध्यक्ष झलनाथ खनाल पत्थरीको उपचार तथा नेता माधवकुमार नेपाल भारतमा रहेका कारण अनुपस्थित रहेको ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए ।