
काठमाडौं, २८ माघ । नेपाली फुटबल टिमका प्रमुख स्ट्राइकर विमल घर्तीमगरले फुटबल नखेल्ने जनाएका छन् ।
भारतमा जारी १२ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार बंगलादेशविरुद्ध हुने समूह चरणको अन्तिम खेलमा विमलले नखेल्ने भएका हुन् ।
उनले खेल्न नसक्नुको कारण घाइते हुन हो । गुहावाटीको साई स्टेडियममा आजै हुने भिडन्तमा नेपाली स्ट्राईकर बिमल घाइते भएका कारण मैदानम नउत्रिने भएका हुन् ।
उनले सामाजिक फेसबुकमार्फत आफूले चोटका कारण बंगलादेशविरुद्ध खेल्न नसक्ने जनाउँदै लेखेका छन्- ‘माफ गर्नुहोला नेपाली फुटबल समर्थकहरु चोटका कारण आजको बंगलादेशविरुद्धको खेलमा म सहभागी हुन सकिनँ ।’
उनले नेपाली टिमलाई जितका अग्रिम शुभकामना दिएका छन् भने फ्यानलाई खेल हेरेर हौसला बढाउन निवेदन गरेका छन् ।















प्रतिक्रिया