सिद्धार्थनगर, ४ साउन । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसारमा योगदान पुराएबापत नेपाल–भारत अवधमैत्री समाजले सञ्चारकर्मी चेतन पन्त र लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेयलाई सम्मान गरेको छ ।
उनीरूहरूको योगदानको उच्च सम्मान गर्दै भारत उत्तर प्रदेश राज्यका विधानसभा अध्यक्ष माताप्रसाद पाण्डे र नेपालका लागि भारतीय राजदूत रन्जित रेले उनीहरूलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।
सञ्चारकर्मी पन्त र भिक्षु मैत्रेयले पछिल्लो समयमा स्वदेश तथा विदेशका विभिन्न स्थानमा भ्रमण गर्दै लुम्बिनीको महत्वका बारेमा प्रचार गर्दै आएका थिए ।
सम्मानित व्यक्तित्वद्वयले सम्मानबाट आफूहरूमा थप ऊर्जा मिलेको बताए ।
















प्रतिक्रिया