१४ कार्तिक २०८३, शनिबार

अनेरास्ववियुको सम्मेलन बिहीबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ain-Mahar-Nabina-Lama-Deepak-Gautam

काठमाडौँ, २७ माघ । काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२ औँ राष्ट्रिय सम्मेलनको बिहीबार प्रधानमन्त्री तथा नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेका अनुसार सम्मेलनको तयारी पूरा भए पनि मङ्गलबार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधन भएपछि सम्मेलनलाई एक दिन पर सारिएको हो ।

यही माघ २७ गतेदेखि २९ गतेसम्म सम्मेलनको पुर्व निर्धारित कार्यक्रम भएपनि अब माघ २८ गतेदेखि फागुन १ गतेसम्म सम्मेलन जारी रहने छ ।

‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधार ः सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नारा रहेको सम्मेलनमा अध्यक्षमा वर्तमान महासचिव नवीना लामा र उपाध्यक्ष दीपक गौतम अध्यक्षको प्रतिस्पर्धी हुनुहुन्छ ।

सम्मेलनमा भागलिन देशभरबाट एक हजार ५०० प्रतिनिधि काठमाडौँमा आइपुगेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो । रासस