१४ कार्तिक २०८३, शनिबार

तराईका जिल्लामा चुरेभावर पार्टीप्रति आकर्षण बढ्दै, प्रवेशको लहर बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chure Bhawar Party Badriprasad Neupaneसर्लाही, २७ माघ । चुरेभावर क्षेत्रलाई समेटेर अलग प्रदेशको माग गर्दै आएको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले आफ्नो संगठन विस्तारको कार्यलाई तीब्रता दिएको छ ।

विभिन्न जिल्लामा संगठन सुदृढीकरण र संगठन विस्तार गर्दै आएको चुरेभावर पार्टीले आज सर्लाही जिल्लामा अर्को नयाँ गाउँ कमिटी गठन गरेको छ । चुरेभावर पार्टी अध्यक्ष बद्रीप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा बुधबार आयोजित भेलाले गाउँ कमिटी गठन गरेको हो । कालिञ्जोर गाविसको घारीबथान गाउँमा गाउँ कमिटी गठन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।Badri Prasad Neupane

गाउँ कमिटीको अध्यक्षको जिम्मेवारी राजकुमार गोलेलाई दिइएको छ । त्यसै गरी उपाध्यक्षको जिम्मेवारी भोलाराम यादवले पाएका छन् । सचिवमा तेजबहादुर बल, कोषाध्यक्षमा नेत्र चापागाइँ र सहसचिवको जिम्मेवारी मंगलसिंह वाइबालाई तोकिएको छ ।

सदस्यहरूमा गुणराज कार्की, बमबहादुर चिङ, पवी घलान, निरुताकुमारी गोले, दिलबहादुर थापा, मंगलसिंह दोङ, प्रदीप कटुवाल, कर्णबहादुर थिङ, पासाङ लामा र भीमबहादुर श्रेष्ठ रहेका छन् ।

यसैबीच, विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ता गरी एक सय बढी राजकुमार गोलेको नेतृत्वमा चुरे भावर पार्टीमा प्रवेश गरेका छन् । उनीहरू चुरेभावर पार्टीले उठाएको सिद्धान्त मन परेर सो पार्टीमा प्रवेश गरेको जनाएका छन् । चुरेभावर पार्टीमा प्रवेश गरेकाहरूलाई जिम्मेवारी समेत तोकिएको छ ।

हालै सर्लाहीको हरिवनमा राष्ट्रिय कार्यकर्ता भेला गरेको चुरेभावर पार्टीले तराईका जिल्लाहरूमा आफ्नो संगठन विस्तार गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार चुरेभावर पार्टीले तल्लोस्तरमा संगठन बनाउन ध्यान दिएको सो पार्टीका अध्यक्ष न्यौपानेले बताएका छन् ।

Chure Bhawar Party Badri P