१ कार्तिक २०८३, शनिबार

उसुमा नेपाललाई एकै दिन पाँच रजत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Sag

गुवाहटी (भारत), २७ माघ । भारतको सिलोङमा जारी बाहौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपालले आज उसुमा थप पाँच रजत पदक जितेको छ ।

उसुमा नेपालकी झरना गुरुङ, जुनी राई, विन्दु पुन, हरिप्रसाद गोले र राजेश चौधरीले रजत पदक जितेका हुन् । महिला सान्सुतर्फ स्वर्ण पदकका लागि भएको स्पर्धामा ५२ किलो तौल समूहमा झरना भारतकी युमनाम सनाथोइ देवीसँग २/० अङ्कले पराजित भइन् । त्यस्तै, सोही स्पर्धाको ६० किलो तौल समूहमा स्वर्ण पदकका लागि भएको स्पर्धामा जुनी भारतकी अरुणनपमा देवीसँग २/० अङ्कले नै पराजित हुन पुगिन ।

यस्तै उसुको महिला सान्सुतर्फ ७० किलो तौल समूहमा स्वर्ण पदकका लागि भएको स्पर्धामा नेपालकी विन्दु भारतकी पूजा काडियासँग २/० अङ्कले पराजित भइन् । उसुको थाउलो स्पर्धामा हरिप्रसादले कुल १८.०२ अङ्कसहित रजत पदक जिते । उक्त स्पर्धामा भारतले स्वर्ण पदक हात पा¥यो । यस्तै उसुको पुरुष सान्सुतर्फ ५६ किलो तौल समूहमा नेपालका राजेश चौधरीले रजत पदक जितेका छन् । उनी स्वर्ण पदकका लागि भएको खेलमा भारतका रवी पञ्चलसँग २/० अङ्कले पराजित भए ।

योसँगै नेपालको पदक सङ्ख्या २९ पुगेको छ । नेपालले हालसम्म एक स्वर्ण, ११ रजत र १७ काश्य पदक जितेको छ । रासस