१४ कार्तिक २०८३, शनिबार

दलदलमा फसेर गैंडा मर्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gaida

चितवन, २७ माघ । चितवन निकुञ्जको पूर्वी क्षेत्रमा एउटा गैंडा दलदलमा फसेर मरेको छ ।

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार निकुञ्जको कछुवानी पोस्ट नजिकै दलदलमा फसेर गैंडा मरेको हो ।

दलदलमा फसेको अवस्थामा मृत भेटिएकाले गैँडालाई निकाल्न नसकिएको तर हात्तीको सहायतामा खाग भने निकालिएको उहाँले जानकारी दिनुभयो । सो गैँडा भाले र पोथी कुन हो पहिचानसमेत हुन सकेको छैन ।

यसअघि गत पुसमा पूर्वी चितवनको कुमरोज क्षेत्रमा एउटा गैंडा मृत फेला परेको थियो । वन्यजन्तु चोरी सिकार नियन्त्रण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकका अनुसार अर्को गैँंडासँग जुधेर भाले गैँंडा मरेको थियो ।

चितवन निकुञ्जमा गएको एक वर्षमा १० गैँंडा कालगतीले मरेको निकुञ्जले जनाएको छ । विगत केही वर्षदेखि चोरी सिकारबाट गैँंडा मरेका छैनन् । जिल्लामा तीन पटक शुन्य चोरी सिकार वर्ष मनाइसकिएको छ । रासस