काठमाडौं, २७ माघ । कोरिया जान नसक्ने अनि गल्फ र मलेसिया सुरक्षित नठान्ने नेपाली महिला कामलदारका लागि अब इजरायल राम्रो बिकल्प बन्दै छ ।
बुझेर उपयुक्त तालिम र भाषाको तयारी गरे कम शुल्कमा नै जान सकिने गरी सरकारले इजरायल रोजगारीको तयारी गरिरहेको छ ।
त्यसमा पनि इजरायल सरकारले मागेको ८० प्रतिशत महिला हुनुपर्ने शर्त नेपाली महिला कामदारका लागि अझू ठूलो अवसर भएको कारोबार दैनिकले समाचार छापेको छ ।
अधिकांश मागमा महिलालाई प्राथमिकता दिने बताएपछि त झन् इजरायल जाने होड नै चल्न थालेको छ अचेल ।
इजरायल सरकारले हालै नेपालबाट केयर गिभरका रुपमा नेपाली महिला कामदार छनोट गरी माग प्रक्रिया अघि बढाइसकेको छ ।
यसमा पुरुष भने थोरै छन् । अब इजरायल जान पाउने नेपाली महिलाले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेछन् ।















प्रतिक्रिया