काठमाडौं, २७ माघ । पर्साकी एक महिलाले कांग्रेस सांसद अनिल रुङ्गटामाथि करोडौं मूल्यबराबरको जग्गा कब्जा गरेको आरोप लगाएकी छन् ।
पर्सा चोर्नी गाविस ८ मा रहेको जगदम्बा इन्टरप्राइजेज लिमिटेड उद्योगका सञ्चालक समेत रहेका रुङ्गटाले उद्योगछेउको आफ्नो २ बिघा१८ कट्ठा जग्गा किर्ते र फर्जी कागजातका आधारमा अतिक्रमण गरेर जबर्जस्ती कब्जामा लिएको आरोप सरिता सिंहले मंगलबार पत्रकारसम्मेलन मार्फत लगाएकी छन् ।
चोर्नी ८ कै स्वर्गीय वीरेन्द्रप्रसाद सिंहकी श्रीमती सरिताले मोहीबापत आफ्नो ससुरा जगरनाथ सिंहले २०५० सालमा प्राप्त गरेको जग्गा सांसद रुङ्ठटाले कब्जामा लिएको आरोप लगाएकी हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
सांसद रुङ्गटाले कब्जामा लिएको जग्गाको मूल्य करिब आठ करोड ७० लाख रेहेको सरिताको भनाई छ ।















प्रतिक्रिया