
घोराही, २६ माघ । निर्माणाधिन चलचित्र ‘लावाजुनि’ युनिटले चर्चित पत्रकार एवं साहित्यकार सविन प्रियासनलाई उपन्यास प्रकाशन सहयोगार्थ आर्थिक सहयोग गरेको छ ।
प्रियासनको प्रकाशनको तयारीमा रहेको चर्चित उपन्यास पुनरागमनको प्रकाशन सहयोगार्थ उहालाई लावाजुनि टिमले आर्थिक सहयोग गरेको हो ।
मंगलवार एक कार्यक्रमकाबिच निर्माणाधिन चलचित्र लावाजुनिका निर्देशक केएल पीडित, निर्मातात्रय गेहेन्द्र बस्नेत, बसन्तराज भट्ट र रिना बस्नेतले संयुक्त रुपमा नगद २० हजार रुपैयाँ प्रियासनलाई हस्तान्तरण गर्नु भएको थियो ।
चलचित्र, कला, संगित लगाएत विभिन्न सामाजिक क्षेत्रमा आफ्नो क्रियाशिलता देखाउदै सहयोगी हातहरु बढाइरहेको लावाजुनि टिमले पत्रकार प्रियासनलाई उपन्यास प्रकाशन गर्नका लागि उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
प्रियासनको कला, संगितमा देखाएको सम्पुर्ण र युवा पुस्तालाई साहित्यतर्फ आकर्षित गर्नमा महत्वपुर्ण योगदानलाई सम्मान गर्दै उहाँको पछिल्लो कृतिका रुपमा आउन लागेको सो उपन्यासको प्रकाशनको सहयोगार्थ आफ्नो तर्फबाट सक्दो सहयोग गरेको चलचित्रका निर्देशक केएल पीडितले बताउनुभयो ।
उहाँले प्रियासनको पत्रकारिता र साहित्यतर्फको यात्रामा छोटो समयमा प्रगति हासिल गरेकोमा प्रसंसा गर्दै उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नु भएको थियो । साथै उहाँले उपन्यास प्रकाशनका लागि सहयोग गर्नपनि सबैमा आग्रह गर्नु भएको छ ।
सो अवसरमा उपन्यासका लेखक प्रियासनले सामाजिक विषयबस्तुलाई मुख्य कथाबस्तु बनाई उपन्यास तयार पारेको र उक्त उपन्यास प्रकाशन गर्न हौसला, प्रोत्साहन गर्दै सहयोग रकम आफुलाई प्रदान गरेकोमा चलचित्र लावाजुनिको टिमलाई विशेष धन्यवाद दिनुभएको छ ।
साथै उहाले सामाजिक क्षेत्रमा सदैव क्रियाशिल रही आफ्नो भुमिकालाई बढाउदै समाजमा छुट्टै पहिचान बनाउन सफल भएको समेत बताउनुभयो ।












प्रतिक्रिया